बिहीबार, वैशाख ६, २०८१

‘प्रेमगन्ज’ टिम ६० प्रतिशत छायांकन सकेर काठमाडौंमा

नेपालखोज २०७८ वैशाख ३० गते १८:१५

काठमाडौं । चर्चित नायिका सुरक्षापन्त र निर्देशक मनोज पण्डीतको मुर्हुत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छयांकन पुरा गरि काठमाडौं फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा बैशाख ०७ गते देखि २७ गते सम्म चलचित्र छयांकन गरि सम्पूर्ण युनिट काठमाडाैं फर्किएको हो ।

हाल सम्मचलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कमभई निषेधाज्ञा हटे पश्चात काठमाडांैमा गरिने निमार्ण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेम कथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया,रश्मी भट्ट,नरेश पौडेल,रामबाबु रेग्मी,गिताअधिकारी,पवनभट्टराई, संजोग रसाईली,गित बिष्ट,राईडर प्रशन्त,सुप्रिया खनाल,सिम्रन खड्का,अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र निमार्णमा कुनै कन्जुस्याँई नगरि अत्याधुनिक प्रविधिहरु मार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए । चलचित्र चौतारिको ब्यानरमा निमार्ण हुनलागेको यस चलचित्रका निमार्ता राजु फुयाँल हुनभने कार्यकारी निर्माता अनन्त मान श्रेष्ठ रहेका छन् ।

सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभुती दिलाउनेमा विश्वस्थ रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।

प्रतिक्रिया