बिहीबार, चैत १५, २०८०

कोरोना महामारीबीच उत्तर प्रदेशका १६ सरकारी चिकित्सकले दिए सामूहिक राजीनामा

नेपालखोज २०७८ वैशाख ३० गते २३:००

दिल्ली । कोरोना भाइरसको महामारीकाबीच भारतको उत्तर प्रदेशमा कार्यरत १६ सरकारी चिकित्सकले सामूहिक राजिनामा दिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सामूहिक राजिनामा दिनेहरुमा उत्तर प्रदेशस्थित उन्नावका फरक–फरक सामुदायिक स्वास्थ्य केंन्द्र (सीएचसी) तथा प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) का डाक्टरहरु रहेका छन् ।

पछिल्ला केहि दिनयता जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य विभागका अधिकारीहरुले अमर्यादित किसिमले ब्यबहार गर्ने गरेको आरोप उनिहरुले लगाएका छन् ।

प्रशासनको तानाशाही ब्यबहार तथा विभागका उच्च अधिकारिहरुले असहयोग गर्ने गरेकोले आफुहरुले राजिनामा दिन बाध्य भएको डाक्टरहरुले बताएका छन् । डाक्टर संजीव कुमारका अनुसार पीसीआर परिक्षण या भ्याक्सिन सम्बन्धी कार्यक्रममा प्रशासनले अनावश्यक दबाब सिर्जना गरि अभद्र ब्यबहार गर्ने गरेको छ ।

प्रतिक्रिया