शुक्रबार, वैशाख १४, २०८१

गुरुबा, सिकाइदिनुस् न ! लक्ष्मीलाई कसरी खुसी पार्ने ?

नेपालखोज २०७८ वैशाख ३१ गते ५:००

लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधि शास्त्रहरुमा उल्लेख गरिएको छ । शास्त्रमा उल्लेख गरिएअनुसार पूजा गर्दा लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ । आरतीका लागि एउटा पूजाको थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्यूको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्नुपर्दछ । आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्नुपर्दछ । त्यसपछि घण्टी बजाउँदै हातमा कमलको फूल लिएर हात जोडेर यो मन्त्र उच्चारण गर्नुपर्दछ ।

ॐ या श्रीः स्वयं सुकृतिनां भवनेष्वलक्ष्मी
पापात्मनां कृतधियां ह्रदयेषु बुद्धिः ।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा
तां त्वां नताः स्म परिपालय देवि विश्वम्म् ।
ॐ महालक्ष्म्यै नमः, मंत्रपुष्पांजलिं समर्पयमि, नमस्करोमि ।

मन्त्र पढिसकेपछि फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्नुपर्दछ । त्यसपछि हात जोडेर क्षमा प्रार्थना गर्नुपर्दछ ।
ॐ आवाहनं न जानामि न जानामि विसर्जनम् ।
पूजां चैव न जानामि क्षमस्व परमेश्वरि ।।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे ।।
ॐसरजिजनिलये सरोजहस्ते धवलतरांशुकगंधमाल्यशोभे ।
भगवति हरिवल्लभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम् ।

यसपछि फेरि हात जोडी प्रमाण गर्दै यो मन्त्र पढ्नुपर्छ
ॐ अनेन यथाशक्त्यर्चनेन महालक्ष्मी प्रसिदतु ।

प्रतिक्रिया