शुक्रबार, वैशाख १४, २०८१

मिस युनिभर्स प्रतिस्पर्धीमध्ये इन्स्टामा रबिया सर्वाधिक हिट (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख ३१ गते ७:५९

काठमाडौं । मिस युनिभर्स प्रतियोगिताको ६९औं संस्करणको उपाधि दौडमा यतिखेर नेपालकी अंशिका शर्मालगायत विश्वका ७४ सुन्दरी प्रतिस्पर्धाको मैदानमा छन् । यही मे १६ तारिखमा अमेरिकाको फ्लोरिडास्थित हलिउडमा रहेको सेमिनल हार्ड रक एन्ड क्यासिनोमा सञ्‍चालन हुने मिस युनिभर्स २०२० को उपाधि विजेताको खोजी प्रक्रिया हुँदै छ ।

मिस युनिभर्स २०२० का ७४ प्रतिस्पर्धी सुन्दरीहरुमध्ये फिलिपिन्सकी रबिया माटिओ सामाजिक सन्जाल इन्स्टाग्राममा सर्वाधिक चर्चित सुन्दरी बनेकी छिन् ।

मिस युनिभर्स २०२० मा सहभागी हुन अमेरिकाको फ्लोरिडा पुगेयता उनको इन्स्टाग्राम अकाउन्टलाई पछ्याउनेहरुको संख्यामा बढ्दो गति देखिएको छ । गत अप्रिल ३० मा मात्र ८ लाख फलोअर रहेको उनको इन्स्टालाई पछिल्लो समयमा नौ लाख तीस हजारभन्दा बढीले पछ्याएको देखिएको छ ।

उनको यो फलोअरलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्बन्धी समाचार र गतिविधिलाई प्राथमिकता दिने विभिन्न पेजेन्ट्री पेज एवं अनलाइन मिडियाले प्राथमिकता साथ छापेको छ । मिस युनिभर्स फिलिपिन्स २०२० की विजेता २४ वर्षीया इन्डियन फिलिपिनो मोडल रबिया माटिओ ५ फिट ७ इन्च अग्लो शरीरकी धनी छिन् ।

हेरौं उनका थप तस्बिर :

प्रतिक्रिया