शुक्रबार, वैशाख ७, २०८१

एनएमबि बैंककाे अनलाइन केवाईसी

नेपालखोज २०७८ वैशाख ३१ गते १७:००


काठमाडौं । एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर तथा कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबी डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् ।

‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्छन् ।

हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटि रहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छः https://kyc.nmb.com.np:8443

प्रतिक्रिया