बुधबार, वैशाख १२, २०८१

कोभिड-१९ नियन्त्रणमा सहयोग गर्न कर्मचारीलाई कानुनमन्त्रीको निर्देशन

नेपालखोज २०७८ वैशाख ३१ गते २३:००

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्ने कार्यमा आवश्यक सहयोग पुर्‍याउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने कानुनी व्यवस्थालाई पूर्णता दिने प्रतिबद्धक्तासमेत व्यक्त गरे ।

उनले ७७ जिल्लामा निःशुल्क कानुनी सहायता उपलब्ध गराउने प्रयोजनका लागि अधिकृतस्तरको अधिवक्ताको व्यवस्था गर्नेतर्फ कारबाही अगाडि बढाउने, स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारी र कर्मचारीको क्षमता अधिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुका साथै कानून अधिकृतको व्यवस्था गर्ने बताए ।

मन्त्री श्रेष्ठले यसअघि पनि यही मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनले अघि सारेका कामलाई अब पूर्णता दिने बताए ।

प्रतिक्रिया