सोमबार, वैशाख ३१, २०८१

नेपाल सुपर लिग : आज उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

नेपालखोज २०७८ जेठ १ गते ७:३५

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

लिगमा काठमाडौं र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाडौंलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

समूह चरणको खेलमा पनि धनगढीले काठमाडौंलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ ।

धनगढीको कप्तानी किरणले र काठमाडौंको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया