शनिबार, जेठ ५, २०८१

मिस युनिभर्सकाे नेसनल कस्ट्युमको टप फाइभमा नेपाल, कुन देशको कस्ट्युम कस्तो (फोटो फिचर)

नेपालखोज २०७८ जेठ १ गते ११:०७


काठमाडौं । मिस युनिभर्स प्रतियोगिताको महत्वपूर्ण पाटो मानिएको नेसनल कस्ट्युम राउन्ड सम्पन्न भएको छ ।

मिस युनिभर्सको अफिसियल युट्युब च्यानल मार्फत् लाइभ प्रशारण गरिएको नेसनल कस्ट्युमको प्रदर्शन अन्तर्गतको विशेष प्रस्तुतिमा ६९औं संस्करणको मिस युनिभर्स प्रतियोगिताका सहभागि विश्वका ७४ मुलुकका सुन्दरीहरुले आ आफ्नो नेसनल कस्ट्युम प्रस्तुत गरेका छन् ।

सो प्रस्तुतिको मुल्यांकन गर्दै मिस युनिभर्स प्रतियोगिता सम्बन्धीत गतिविधिहरुको समाचार सम्पे्रषण गर्दै आएको मिस युनिभर्स प्रेडिक्सन्स् नामक फेसबुक पेजले सार्वजनिक गरे अनुसार नेसनल कस्ट्युमको टप फाइभमा नेपाल सहित इन्डोनेसिया, लाओस, थाइल्याण्ड र पेरु टप फाइभमा पर्न सफल भएका छन् । यो मुल्यांकनमा नेपाल चौथो स्थानमा रहेको छ ।

यो मुल्यांकन अनुसार थाइल्याण्डकी अमान्डा ओब्डामले पहिरिएको साइमिज् फाइटिङ फिसबाट प्रेरित नेसनल कस्ट्युम पहिलो स्थानमा रहेको छ भने इन्डोनेसियाकी आयु मौलिडा पुत्रीले पहिरिएको कोमोडो ड्रागन थीम आधारित नेसनल कस्ट्युम दोस्रो स्थानमा रहेको छ ।

यो मुल्यांकनको तेस्रो स्थानमा भने पेरुकी जानिक मासिटाले पहिरिएको नेसनल कस्ट्युम संरक्षित चरा द आन्डिएन फ्लेमिङ तथा पेरुको राष्ट्रिय झण्डाको समिश्रणमा तयार भएकोे छ ।

नेपालकी अंशिका शर्माले प्रस्तुत गरेको नेसनल कस्ट्युम भने हिमाल आरोहीहरुमा समर्पित रहेको छ । यो मुल्यांकनको पाँचौं स्थानमा रहेको नेसनल कस्ट्युम भने लाओसकी कृष्टिना लसासिम्माले पहिरिएकी हुन् । सो पहिरन लाओसको सुन्दर साँस्कृतिक विशेषतासित जोडिएको छ ।

इन्डोनेसियाको नेसनल कस्ट्युम ।
इन्डोनेसियाको नेसनल कस्ट्युम ।
लाओसको नेसनल कस्ट्युम ।
लाओसको नेसनल कस्ट्युम ।
नेपालको नेसनल कस्ट्युम ।
नेपालको नेसनल कस्ट्युम ।
पेरुको नेसनल कस्ट्युम ।
पेरुको नेसनल कस्ट्युम ।
थाइल्यान्डको नेसनल कस्ट्युम ।
थाइल्यान्डको नेसनल कस्ट्युम ।

प्रतिक्रिया