शुक्रबार, जेठ ४, २०८१

नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौंको पोल्टोमा

नेपालखोज २०७८ जेठ १ गते १९:५६

काठमाडौं । काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ। दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० गोलले हरायो।

काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको छ। प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो।

फ्रेन्चाइजमा आधारित नेपालमा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया