सोमबार, वैशाख २४, २०८१

सिद्धार्थ बैंकको सिद्धार्थ अक्सिजन लोन सेवा

नेपालखोज २०७८ जेठ २ गते १५:३३


काठमाडौं । सिद्धार्थ बैंकले” सिद्धार्थ अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको छ ।

कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी सिद्धार्थ बैंकले” सिद्धार्थ अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको हो ।

बैकका अनुसार यो कर्जाको बिशेषतामा कर्जा अवधिभर बैंकको आधारदरमा कर्जा प्रदान गरिने, सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुतmानी अवधि तय गरिने, अन्य कुनैपनि सेवा शुल्क नलाग्ने र उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिङ गरिने रहेकाछन् ।

यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुनेछ ।

सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्धत पु¥याउँदै कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यस आ.व. मा कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड चार लाख प्रदेश तथा स्थानिय सरकारलाई प्रदान समेत गरिसकेको छ ।

प्रतिक्रिया