शुक्रबार, जेठ ४, २०८१

कोरोना संक्रमणबाट साहित्यकार सुवेदीको मृत्यु

नेपालखोज २०७८ जेठ ३ गते ९:१९

काठमाडौं । साहित्यकार तथा समालोचक प्राध्यापक राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचाररत उनको गएराति मृत्यु भएको हो ।

२००२ सालमा पाँचथरमा जन्मेका सुवेदीलाई केहिदिन अघि कोरोना संक्रमण भएको थियो । उनका दुई छोरी र एक छोरा छन् ।

सुवेदी गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा कोटेश्वर क्याम्पसका संस्थापक समेत रहेका थिए । त्रिभुवन विश्वविद्यायलका नेपाली विषयका प्राध्यापक रही लामो समयसम्म अध्यापन गरेका सुवेदीको कार्यकालमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको एमफील शुरु भएको थियो । समालोचक सुवेदीका दुई दर्जन पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया