शुक्रबार, चैत १६, २०८०

सुरु भयो भीओएलटीई, यी मोबाइलमा मात्र चल्छ भीओएलटीई

नेपालखोज २०७८ जेठ ३ गते १७:२८

काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०२१ को अवसरमा नेपाल टेलिकमले मोबाइल सेवामा फुल फेजको फोरजी अर्थात् भीओएलटीईको परीक्षण सुरुवात गरेको छ ।

टेलिकमले सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई (लङ टर्म इभोलुसन) प्रविधिअन्तर्गत भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा सञ्चालनमा ल्याएको हो । यसअघि टेलिकमले एलटीई सेवा मात्र दिँदै आएको थियो ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) का अवसरमा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण गर्न गरिएको हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाइ-डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तर कायम हुने टेलिकमको दाबी छ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउन यो लिंकमा क्लिक गर्नसक्नुहुन्छ ।

यी मोबाइलमा मात्र चल्छ भीओएलटीई
सामसङ
टेलिकमको भीओएलटीई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सी एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्नेछ ।

त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन ई, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा चल्नेछ ।

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।

नोकिया
नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४ फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिनेछ । अन्य मोबाइलमा भीओएलटीई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको छ ।

साओमी
साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए मोबाइलमा चल्नेछ ।

प्रतिक्रिया