बुधबार, जेठ २, २०८१

निषेधाज्ञाको २०औं दिनमा यस्तो देखियो काठमाडौं (भिडियोसहित)

नेपालखोज २०७८ जेठ ४ गते १५:३३

काठमाडौं । निषेधाज्ञाको २०औं दिन आज मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) मा तुलनात्मक रुपमा सवारीसाधन कम गुडेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाइ, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतका सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।

पासविना सवारीसाधन लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले जाँच गरी नियन्त्रणमा लिएको छ । अनुमतिविना हिँडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै विनाअनुमति सवारीसाधन लिएर बाहिर निस्कनेहरुमा पनि कमी आएको हो । त्यसैगरी निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया