सोमबार, वैशाख २४, २०८१

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री वितरण

नेपालखोज २०७८ जेठ ५ गते ११:४९


काठमाडौं । नेपाल कै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई एक सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड१९ को दोस्रो भेरियन्टको व्यापकरुपमा प्रभाव परिरहेको विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्यनजर गर्दै कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई एक सय २० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर गरी जम्मा एक सय ९० थान अक्सिजन सहित ३० थान मेडिकल शय्या, पाँच थान सिसियुु बेड तथा पाँच थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ । प्राणवायुु अक्सिजन सहितका सिलिन्डर, मेडिकल शय्या, आईसीयु शय्या, मनिटर इक्विपमेन्ट समेतको यी स्वास्थ्य सामाग्रीकारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्थासिर्जना भई सहयोग पुुग्ने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ ।

यसअघि पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई युआरएस प्रमाणित आईएसओ सर्टिफाईड प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया