शनिबार, जेठ ५, २०८१

प्रभु बैंकको ऋणपत्र जेठ ११ देखि

नेपालखोज २०७८ जेठ ६ गते ८:२६

काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ४० लाख एकाइ ऋणपत्र (डिबेन्चर) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । ‘प्रभु बैंक डिबेन्चर २०८७’ मा वार्षिक ८.५ प्रतिशत ब्याज पाइनेछ ।

ऋणपत्रमा छिटोमा जेठ १६ सम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिन्छ । ऋणपत्रमा न्यूनतम २५ एकाइदेखि अधिकतम १० लाख एकाइसम्म आवेदन दिन सकिने बताइएको छ ।

४० लाखमध्ये २४ लाख एकाइ बैंकले आफ्नै पहलमा बेच्नेछ । २५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ । बाँकी १६ लाख ७७ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । ऋणपत्रको बिक्री प्रबन्धकमा मेगा क्यापिटल छ ।

प्रतिक्रिया