बिहीबार, चैत १५, २०८०

स्वस्थ रहने, तर कसरी ?

नेपालखोज २०७८ जेठ ६ गते १०:५३

काठमाडौं । स्वस्थ जीवन हामी सबैलाई मन पर्छ । हामी स्वस्थ रहन चाहन्छौं । तर हाम्रो वरपरको वातावरण, हाम्रो खानपान, हाम्रो दैनिकीले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पारेको हुन्छ ।

आजभोलिको वातावरण तथा दूषित खानाका कारण पनि हामीले हाम्रो स्वास्थ्यबारे सोच्नुपर्ने अवस्था छ ।

उसो भे, स्वस्थ कसरी रहने त ?
सबैभन्दा पहिला त हामीले हाम्रो दैनिकी परिवर्तन गर्नुपर्छ । हामीले बिहान मनतातो पानी २/३ गिलास पिउने गर्नुपर्छ । साथै हामीले आफ्नै घरमा शारीरिक कसरत तथा योग गर्न सक्छौं । जसले हाम्रो पाचनप्रणाली मात्रै होइन विभिन्न रोग जस्तै- मधुमेह, उच्च रक्तचाप, हाडजोर्नीको समस्याबाट छुट्कारा मिल्छ ।

हामीले बिहान-बेलुकाको खानामा पनि ध्यान दिने गर्नुपर्छ । कतिपय मानिस कामको हतारले बिहान खाना नखाने, बहिरको खाना खाने अथवा ढिला खाने गर्ने गर्छन् । तर यसले पनि हाम्रो स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ ।

हामीले बिहानको खाना ठीक समयमा खाने र बेलुकामा हल्का तथा चाँडै खाएर १/२ घण्टा आराम गर्‍यौं भने हाम्रो शरीर स्वस्थ रहन मद्दत पुग्छ । खाना खानेबित्तिकै पानी खानु पनि हानिकारक हुन्छ । खाना खानेबित्तिकै पानि खाँदा ग्यास्ट्रिकको समस्या बल्झिन सक्छ । जसले हाम्रो खाना पचाउन नसक्दा थप समस्या पनि देखिन सक्छ ।

कतिपय मानिसमा पिसाब रोक्ने बानी हुन्छ अथवा सुत्ने समयमा अल्छी गर्छन् । हामीले खाना खाँदासाथ पिसाब गर्‍यौं भने हामीमा सुगर तथा पत्थरीको समस्या कम हुन्छ । त्यस्तै नुहाउनुभन्दा अघि पिसाब फेर्‍यौं भने हाम्रो रक्तचाप ठीक ठाउँमा रहन्छ साथै सुत्नुअघि पिसाब गरीवरी सुत्दा निद्रा राम्रोसँग पर्छ ।

हामीले स्वस्थ रहनु छ भने चिनी खान छाड्नुपर्छ । यसले हामीलाई असर गरिरहेको हामीलाई थाहा हुँदैन त्यसैले यसको प्रयोगभन्दा सख्खरको प्रयोग गर्न सक्छौं । बिहान समयमा उठ्नु, बहिरको खाना नखानु तथा शरीरको मसाज गर्नु पनि शरीरका लागि फाइदा पुग्छ । नियमित ध्यान गर्ने, शान्त वातावरणमा बस्नुले पनि आराम मिल्दछ ।

प्रतिक्रिया