आइतबार, जेठ ६, २०८१

प्रदेश १ कृषि उत्पादन तथा कार्यक्रममा आत्मनिर्भर : मन्त्री लामा

नेपालखोज २०७८ जेठ ६ गते १६:०३

काठमाडौं । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले साना किसान मैत्री बजेटको तयारी भइरहेको बताएका छन् । प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी रहेका उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्थामा रहेको उनले बताए ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चलर जर्नलिस्ट (अनाज) ले बिहीबार आयोजना गरेको ‘कोरोना महामारी र प्रदेश १ कृषि बजेटका सवालहरु’ विषयक भर्चुअल बहस कार्यक्रम उनले कृषिलाई व्यवसायिकरण र मर्यादित बनाउने काम पनि भइरहेको बताए । उनले कृषिमा ठूला घाराना उद्योगीहरुले पनि हात हालेका कारण साना किसानहरुलाई पनि हौसला प्रदान गरेको बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहको बीचमा केही कामका लागि क्षेत्र विभाजन गरिएको जानकारी गराउँदै पकेट स्थानीय, ब्लक समूहलाई प्रदेश र जोन सुपर जोनलाई केन्द्रीय सरकारलाई हेर्ने स्तर निर्धारण भए पनि त्यो अनुसार काम नभएको बताए ।

स्थानीय तथा केन्द्रीय सरकारसँग छलफल गरेर काम गरेपनि सोचे जस्तो समन्वय नभएको कुरा स्वीकारदै उनले त्यसलाई सुधार गर्ने प्रयास भइरहेको बताए । प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको तर व्यक्ति व्यक्तिको घरमा नपुगेपनि सहकारीस्तरमा पुगेको उनले बताए ।

प्रतिक्रिया