सोमबार, वैशाख २४, २०८१

प्रभु इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न, १० दशमलव ५३ प्रतिशत लाभांश पारित

नेपालखोज २०७८ जेठ ६ गते १९:४१


काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज बिहीबार सम्पन्न भएको छ ।

काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन पारित गर्नुकासाथै कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत शुन्य दसमलव ५३ प्रतिशत नगद लाभांश गरि जम्मा १० दसमलव ५३ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बावजुद कम्पनीले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको तथा व्यवसाय वृद्धि, दावी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण शेयरधनीहरुलाई प्रतिफल दिन सक्षम भएको बताउँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण मुलुकभर आर्थिक क्रियाकलापहरु प्रभावित हुन गएको बताए । कम्पनीले आधुनिक वीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित वीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गरी शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ ।

बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १६ करोड १९ लाख दुुई हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया