शनिबार, जेठ ५, २०८१

२७ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ जेठ ९ गते १५:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि अपराह्‍न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति जेठ ११ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको सहभागिता रहनेछ । उक्त ट्रेजरीमध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँको छ ।

सोमध्ये २८ दिने अवधिको परिपक्‍व हुने अवधि २०७८ असार ८ गते, ९१ दिने ट्रेजरीको परिपक्‍व हुने अवधि २०७८ भदौ ८ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्‍व हुने अवधि २०७८ मंसिर ७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्‍व हुने अवधि २०७९ जेठ १० गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी बिक्री हुने कुल ट्रेजरीमध्येमा पुरानो नवीकरणअन्तर्गतको २२ अर्ब २० करोड ३२ लाख र नयाँ पाँच अर्ब रुपैयाँ छ । यसअघि यही जेठ ४ गते पनि १३ अर्ब ७४ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया