शुक्रबार, वैशाख ७, २०८१

सिरहा कोभिड अस्पतालमा आजदेखि नि:शुल्क खाना (तस्बिरसहित)

नेपालखोज २०७८ जेठ १० गते १३:३९

काठमाडौं । सिरहा अस्पताल मातहतमा रहेको कोभिड अस्पतालमा बिरामी तथा कुरुवाका आजदेखि नि:शुल्क खानाको व्यवस्था मिलाइएको छ ।

अस्पतालमा आउने कुरुवा तथा बिरामीले हरेक दिन बिहान-बेलुका नि:शुल्क खाना खान पाउने भएका हुन् ।

नि:शुल्क खाना खुवाउने व्यवस्था सिरहाकै सन्तोष अग्रवाल परिवारले गरेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला विपत् व्यवस्थापन समिति (डीसीएमसी) ले नि:शुल्क खानाको व्यवस्था मिलाउने अग्रवाल परिवारप्रति आभारसमेत व्यक्त गरेको छ । नि:शुल्क खाना वितरणले अस्पतालमा आउने बिरामी तथा कुरुवा लाभान्वित हुने देखिन्छ ।

नि:शुल्क भोजन वितरणको पहिलो दिनमा आज सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेल, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, अस्पतालका पदाधिकारीलगायतको उपस्थिति थियो । केहीबेर प्रजिअ कँणेलले बिरामी तथा कुरुवालाई आफैं खाना वितरण गरेका थिए ।
हेरौं थप तस्बिर :

No description available.
No description available.
No description available.
No description available.No description available.No description available.

प्रतिक्रिया