शुक्रबार, वैशाख १४, २०८१

वार्षिक ९ प्रतिशत ब्याजमा २ अर्बको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ जेठ १० गते १४:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार जेठ ११ गते अर्थात् (भोलि मंगलबार) बाट पाँचवर्षे अवधिको नागरिक बचतपत्र २०८३ जारी गर्न लागिएको हो ।

जेठ ११ गतेबाट खुला हुने नागरिक बचतपत्रको खरिद गरिसक्नुपर्ने अवधि भने असार १ गतेसम्म तोकिएको छ । निष्कासन मिति असार ६ गते तोकिएको नागरिक बचतपत्रको सावाँ भुक्तानी मिती २०८३ असार ६ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । आर्जित ब्याजमा ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ ।

बचतपत्र खरिद गर्नका लागि योग्यता पुगेका सबै नेपाली नागरिकले आवेदन दिन सक्ने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । खरिद सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा सीमा तोकिएको छ । यो बचतपत्र धितो राखेर राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणसमेत निकाल्न सकिनेछ ।

प्रतिक्रिया