आइतबार, वैशाख १६, २०८१

सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको निधन

नेपालखोज २०७८ जेठ १३ गते ९:१४

कैलाली । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको हो ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए ।

पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया