शुक्रबार, वैशाख १४, २०८१

शिखर इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

नेपालखोज २०७८ जेठ १८ गते १५:२२


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रर्बन्धकमा नियुक्त गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्दैछ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया