शुक्रबार, जेठ ४, २०८१

चीनबाट कोरोनाविरुद्धको ८ लाख डोज खोप आइपुग्याे

नेपालखोज २०७८ जेठ १८ गते १५:३४

काठमाडाैं । चीनबाट आज कोरोनाविरुद्धको ८ लाख डोज खोप आइपुगेको छ । बेइजिङबाट नेपाल वायुसेवा निगमको विमान खोप लिएर केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । जसमध्ये निगमको विमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो । २ लाख डोज भने ल्हासा सरकारले स्थलमार्गबाट नेपाल पठाउनेछ ।

प्रतिक्रिया