शुक्रबार, जेठ ४, २०८१

काठमाडौं महानगरपालिकाद्वारा भेन्टिलेटर सहयोग

नेपालखोज २०७८ जेठ १८ गते १६:५८


काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पताललाई आईसीयू र भेन्टिलेटर सहयोग गरेको छ । महानगरले मंगलबार महानगरपालिका भित्रका काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड -१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो ।

आईसीयू भेन्टिलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताए ।

उनले महानगरपालिकाले कोभिड-१९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टिलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडी बढाइरहेको पनि जानकारी दिए ।

काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरुलाई पनि सहयोग प्रदान गर्दै आएको उनले बताए । कोभिड-१९ संक्रमितहरुका महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आइ उपचार गराउनसमेत आग्रह गरे ।

प्रतिक्रिया