शुक्रबार, जेठ ४, २०८१

चौबीस घण्टामा ६,८९८ जना संक्रमण मुक्त, ६८ जनाको मृत्यु

नेपालखोज २०७८ जेठ १८ गते १७:१४

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ६ हजार ८९८ जना संक्रमणमक्त भएका छन् । त्यस्तै संक्रमित ६ हजार ८५ जना थपिएका छन् । सोही अवधिमा ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा काेराेनाका कारणा मृत्यु हुनेकाे संख्या ७ हजार ४५४ पुगेकाे छ । पछिल्लो चौबीस घण्टामा २० हजार १६५ जनाको परिक्षण गर्दा ६ हजार ८५ जनामा पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ जान रहेको मन्त्रालयले जनाएको छ भने संक्रमितकाे संख्या ५ लाख ६६ हजार ५८७ पुगेकाे छ ।

प्रतिक्रिया