शुक्रबार, वैशाख ७, २०८१

खानीजन्य पदार्थ निकासी गर्ने सरकारको नीति सच्याउन प्रदेश २ को माग

नेपालखोज २०७८ जेठ २० गते २०:३८

काठमाडौं । प्रदेश २ सरकारले नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ सरकारको नीति सच्याउन माग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ती जारी गर्दै यो नीति तत्काल नसच्याइए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी दिए ।

प्रदेश नम्बर २ को सप्तरी देखी पर्सासम्म फैलिएको चुरे पहाड रक्षा कवचका रुपमा रहेको भन्दै प्रदेशका जनताले हरेक वर्ष बाढी पहिरो, पानीको समस्या र कृषि उपजसमेतको समस्याबाट प्रताडित हुँदै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चुरे क्षेत्रको माटो एकदमै कमजोर रहेको उल्लेख गर्दै त्यहाँका ढुंगा गिटी निकालिए, नदीको बहाव तिव्र हुने र बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने प्राय निश्चित नै रहेको मुख्यमन्त्री राउतले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया