शुक्रबार, वैशाख ७, २०८१

ओपोद्वारा ओपो ह्याक ग्लोबल इन्‍नोभेसन कम्पिटिसनको घोषणा

नेपालखोज २०७८ जेठ २१ गते १५:०३


काठमाडौ । अन्तरक्रियात्मक वर्कसप्स, नेटवर्किंग क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशन मार्फत टेक स्टार्टअप्स र नवप्रर्तनात्मक योजनाहरुलाई यस बर्षको आफ्नो अन्तरराष्ट्रिय ईभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको छ ।

यस वर्षको प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, ईमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिंग) र रोबोटिक्स गरी तीन उप बिषयबस्तु माथि आधारित हुने जानकारी दिइएको छ । ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनले उद्यमशिलता र नयाँ पुस्ताका नवप्रबर्तनका लागि अन्तरराष्ट्रिय मञ्चको कामगरोस् भन्ने ओपोको उद्देश्य रहेको छ ।
सहभागिताका लागि योग्यता

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो ब्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्ने हुन्छ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिंग ग्रुप’ वा ‘ग्रोइंग ग्रुप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ ।

प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरिक्षण जारी रहनेछ । ईच्छुकले थप जानकारी ओपो ह्याक डटकम मार्फत प्राप्त गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया