शुक्रबार, जेठ ४, २०८१

कर्णाली प्रदेशको सामाजिक विकासमन्त्रीमा बीसी र ऊर्जामन्त्रीमा श्रेष्ठ नियुक्त

नेपालखोज २०७८ जेठ २१ गते १८:२९

सुर्खेत । कर्णाली प्रदेशसभामा पनि कांग्रेस तर्फका दुई जनाले मन्त्री पाएका छन् । कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी सामाजिक विकासमन्त्री र दिनबन्धु श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री नियुक्त भएका हुन् ।

बिहीबार नेपाली कांग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम अनौपचारिक रुपमा सिफारिस गरेको थियो । कांग्रेस संसदीय दलको बैठकले शुक्रबार औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यसबारे जानकारी दिएको हो ।

प्रतिक्रिया