बिहीबार, वैशाख ६, २०८१

प्रकाश-मेलिना भन्छन्- ‘समवेदना कसैको लेख्न नपरोस्’ (भिडियो)

नेपालखोज २०७८ जेठ २१ गते १८:५७

काठमाडौं । गायक प्रकाश सपुत र मेलिना राईको स्वरमा ‘प्रार्थना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको शब्द अशोक शेरचनले लेखेका छन् भने संगीत पनि प्रकाश सपुतकै छ । गीतले समवेदना कसैको लेख्न नपरोस् भन्दै सामाजिक सन्देश दिएको छ ।

गीतको संगीत संयोजन भने योगेश काजीले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन भने प्रवेश पौडेलले गरेका छन् ।

युट्युबमार्फत गीत सार्वजनिक गर्दै गायक तथा संगीतकार प्रकाश सपुतले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘यो विषम् परिस्थितिमा एउटा सांगीतिक शुभेच्छा स्वरुप ‘प्रार्थना’ गीत लिएर आएका छौं । यो एउटा गीत मात्रैभन्दा पनि मनै देखि गरिएको शुभमंगलको कामना हो । जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला । कामना गरौं यो अफ्ठ्यारो परिस्थिति छिट्टै टरेर जानेछ ।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया