बिहीबार, वैशाख २०, २०८१

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

रासस २०७८ जेठ २२ गते १२:३२

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।  

उनका अनुसार कोहलपुर नगरपालिका-१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया