बिहीबार, वैशाख २०, २०८१

स्वास्थ्य मन्त्रालय भन्छ- नागरिकता नभए पनि खोप लगाउन पाइन्छ

नेपालखोज २०७८ जेठ २२ गते १३:१५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकता नभए पनि कोरोनाविरुद्धको खोप लगाउन पाइने जनाएकाे छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै नागरिकता नभएका व्यक्तिले पनि खोप लगाउन पाइने स्पष्ट पारेको हो । 

“नागरिकता नभएकाहरुका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजपत्र भए पनि पुग्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् । र, वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ ।”

May be an image of text

प्रतिक्रिया