बिहीबार, वैशाख २०, २०८१

‘बर्खाको समयमा देखिने सरुवालगायत रोग न्यूनीकरणका लागि तयारी सुरु’

नेपालखोज २०७८ जेठ २२ गते १६:३८

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले बर्खाको समयमा देखिने सरुवालगायतका रोगको न्यूनीकरणका लागि तयारी सुरु भएको जनाएकाे छ ।

बर्खायाममा डेंगु, मलेरिया, झाडापखाला, झाडाबान्ता लगायतको स्वास्थ्य समस्या आउने भन्दै यस्ता समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एंव इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।

विपद्बाट तुरुन्त उद्धार गर्नका लागि हरेक पालिकामा र्यापिड रेस्पाेन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको साथै आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया