पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब १ लिटर पेट्रोलको १२५ रुपैयाँ
नेपालखोज
२०७८ जेठ २२ गते २०:२६
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकोे छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँले बढाएको हो । वृद्धि भएको मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागु हुनेछ । अब पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ पर्ने भएको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धन प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया