सुनचाँदीकै मूल्य बढ्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ जेठ २३ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ बढेको छ । सुन प्रतितोला सात सय रुपैयाँले बढेको छ ।
छापावाल सुन आज प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया