बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षिय मुुद्धती निक्षेपकोरुपमा २०७८ असार एक गतेदेखि वि.स २०७९ असार एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाइनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ छुुट्याइएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही जेठ २५ गते साँझ पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया