बुधबार, असार ४, २०८२

कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएकाकाे विवरण उपलब्ध गराउनू : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७८ जेठ २३ गते १३:५५

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि विवरण उपलब्ध गराउन भनेकाे छ ।

मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा अरू कर्मचारीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया