निवेदन फिर्ता नलिए अवहेलनाको कारबाही गर्ने प्रधानन्यायाधीश जबराको चेतावनी
नेपालखोज
२०७८ जेठ २३ गते १४:४४
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकार पक्षका वकिललाई निवेदन फिर्ता नलिए अवहेलनाको कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा विघटनका मुद्दा सुनुवाइका लागि आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएपछि महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका वकिलले आपत्ति जनाएका छन् । केही वकिलले संवैधानिक इजलासविरुद्ध निवेदन पनि दर्ता गराएका छन् ।
‘इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईँहरूले गर्नुभएको निवेदन जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न सक्ने अवस्था हुन्न । अदालतको अवहेलना चलाउनुपर्ने अवस्था हुन्छ । फिर्ता लिनुहुन्छ या अदालतले कडाइपूर्वक कदम चाल्नुपर्ने हो ?’ प्रधानन्यायाधीश जबराले चेतावनी दिए।
सम्बन्धित
प्रतिक्रिया