आईसीसी विश्व कप लिग-२ अन्तर्गतका खेल स्पेनमा हुने
नेपालखोज
२०७८ जेठ २३ गते १५:००

काठमाडाैं । आईसीसी विश्व कप लिग-२ अन्तर्गतका नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले शृङ्खला स्पेनमा हुने भएको र यसको मिति केही दिनमै आईसीसीले टुङ्गो लगाउने जानकारी दिए ।
त्रिदेशीय प्रतियोगिता जुलाईको दोस्रो हप्तातिर हुने सम्भावना छ । स्कटल्यान्डमा हुने तालिका रहेको विश्वकप लिग-२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो ।
लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो ।
सम्बन्धित

प्रतिक्रिया