५० अंकले नेप्से बढ्दा १७ अर्ब २७ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से हालसम्म कै उच्च विन्दुमा पुगेको छ । साताको सुरुवाती कारोबार दिन आज (आइतबार) नेप्से ५० दशमलव १३ अंकले बढेर २९ सय ६ दशमलव ८९ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८८ अंकले बढेर पाँच सय २५ दशमलव ९९ अंकमा पुगेको छ । आज दुई सय १८ वटा कम्पनीको एक लाख ७१ हजार ६० पटकको कारोबारमा तीन करोड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समूहको कारोबार भएकामा सातवटा समूहको सूचक बढेका छन् । ६ वटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६९ दशमलव ८५ अंकले बढेर १९ सय ७७ दशमलव ४६ अंकमा चढेकामा विकास बैंक समूहको सूचक पनि ९६ दशमलव ३१ अंकले बढेर चार हजार एक सय ४६ दशमलव ६३ अंकमा चढेको छ ।
यीबाहेक फाइनान्स, लघुवित्त, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने ८३ दशमलव ३१ अंकले घटेर १४ हजार ६ सय १९ दशमलव ७९ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि एक सय २५ दशमलव चार अंकले घटेर १८ हजार दुई सय ८१ दशमलव २३ अंकमा झरेको छ । यीबाहेक जलविद्युत्, ट्रेडिङ, होटेल तथा पर्यटन र उत्पादनमूलक समूहहरूको सूचक पनि घटेका छन् ।
आज महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच हजार दुई सय २७ रुपैयाँमा कारोबार हुँदा राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ५६ प्रतिशतले घटेर एक हजार ४७ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी रकम कारोबारतर्फ भने आज नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । यो कम्पनीको आज एकै दिन १८ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब २१ करोड १४ लाख ५६ हजार नौ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया