आइतबार, असार १, २०८२

प्रदेश २ जसपा संसदीय दलको नेतामा राउत चयन

नेपालखोज २०७८ जेठ २३ गते १६:११

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन भएका हुन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी पार्टी ०७७ बैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्रको विवाद चलिरहेको बेला दलको नेता चयन र विधानसमेत पारित भएको छ।

जसपाका अर्का अध्यक्ष यादव जनकपुरधाम आएर आफू अनुकुल दलको नेता र विधान पारित गरेका छन् । दलको नेता र उपनेता चयन भएको विषयमा प्रदेशसभा सचिवालयलाई आज जसपाले जानकारी गराउने छ । विधानमा तत्कालिन राजपाका नेतालाई नियमन गर्ने गरी ल्याइएको छ ।

प्रतिक्रिया