मूर्तिकार राजकुमार शाक्यकाे निधन

काठमाडौं । मूर्तिकार राजकुमार शाक्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको प्रतिभा नेपालले चिन्न नसकेको विवेकशिल साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र बताएका छन् ।
‘हाम्रा शासकले उनको प्रतिभालाई चिनेनन् । भुटानले चिन्यो । उनको कला असाधारण थियो ! देशलाई अपूरणीय क्षति भयो ।’ अध्यक्ष मिश्र सामाजिक सन्जालमा लेख्छन्, ‘राजकुमार शाक्यको बारेमा खासै कतै चर्चा भएको देखिन तर उनको देहावसानमा संभवत ः भुटानमा ठूलो दुख मनाउ गरिनेछ जहाँ उनलाई गुरू पद्मसंभवको सन्सारको सबैभन्दा ठूलो मूर्ति निर्माणको जिम्मा दिइयो, जुन अमेरिकाको Statue of Liberty भन्दा पनि अग्लो छ ।’
शाक्यले भुटानमा बनाएको गुरू पद्मसंभव मूर्ति बौधधर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । जहाँ हजारौं पर्यटक यो मूर्तिको अवलोकन गर्न जान्छन् ।
उक्त्त मूर्ति एक सय १५ फिट अग्लो रहेको छ । उनले उक्त मूर्ति सन् २०१० बाट सुरु गरेर सन् २०१४ मा मूर्ति निर्माण सम्पन्न गरेका थिए ।
प्रतिक्रिया