राजमोका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको आदेश
नेपालखोज
२०७८ जेठ २३ गते १७:०५

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले जनमोर्चाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र गण्डकी प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र गण्डकी प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो । पार्टीको निर्णयको विरुद्धमा थापा सर्वोच्च गएका थिए ।
आज न्यायाधीश कुमाल चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुनर्बहाली गर्न आदेश दिएको हो ।


सम्बन्धित
प्रतिक्रिया