बुधबार, वैशाख १२, २०८१

कुमारी बैंक लिमिटेड तथा टेले उपचारबीच व्यावसायिक साझेदारी

नेपालखोज २०७८ जेठ २३ गते १७:२०


काठमाडौं । कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा आप्mना ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ ।

सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकवर्गहरूले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्र्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

कुमारी बैंक लिमिटेडको आधिकारिक एप कुमारी स्मार्ट वा कुमारी बैंक लिमिटेडको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिने छ ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ ।

अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकवर्गहरुलाई सम्पूर्ण स्वास्थ्य मापदन्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्र्द बैैंकका ग्राहकहरुले भौतिक उपस्थितिबिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा कुमारी बैंक लिमिटेड विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया