‘जिम्मेवारीमा कति समय रहने भन्दा पनि रहँदा के गरिन्छ भन्ने महत्वपूर्ण’

काठमाडाैं । निर्वतमान कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्ने कुरा महत्व हुने बताए ।
कृषि मन्त्रालयबाट आइतबार (आज) औपचारिक रुपमा विदा हुँदै पूर्वमन्त्री अर्यालले त्यस्तो बताए । मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताए ।
’यो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाएँ । तर छोटो समयमै भएपनि केही महत्वपूर्ण कामहरु सम्पन्न गर्ने मौका पाएको छु’, उनले भनिन्, ’जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा ठूलो कुरा होइन । के गरिन्छ भन्ने महत्वको कुरा हो ।’
मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै उखु किसानहरुको समस्या समाधान गरी आन्दोलन बिश्राम गराउने कार्यमा सफल भएको स्मरण गर्दै पूर्वमन्त्री अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको केही समस्या समाधान गरी व्यवस्थापन गर्ने कार्य गरिएको बताइन् ।
सरकारले पहिलोपटक देशैभरको डिजिटज कृषि नक्सा बनाउन सफल भएको भन्दै उहाँले त्यसको घोषणा पनि आफ्नै पालामा गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् ।
कृषिको डिजिटल नक्साले देशभरको माटोको अवस्था पत्ता लगाउन सकिने भन्दै पूर्वमन्त्री अर्यालले व्यवसायिक कृषि कार्य गर्दा त्यसबाट सफल भइने समेत बताए ।
पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरिएको भन्दै उहाँले सरकारले दुध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य लिएको बताए ।
’हामीले पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरेका छौं । सरकारले २ वर्षभित्र दुध उत्पादनमा पनि आत्मनिर्भर हुने लक्ष्य लिएर अगाडी बढिरहेको छ’, उनले भने, आफ्नै पालमा पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सफल भएको भन्दै पूर्वमन्त्री अर्यालले तात्कालिन, अल्पकालिन र दीर्घकालिन रुपमा मलको समस्या समाधान गर्नेगरी काम अगाडी बढाएको बताए ।
अल्पकालिन रुपमा मलको समस्या समाधान गरिसकेको भन्दै उनले खेतिपाती लगाउने सिजनसम्मका लागि मलको व्यवस्था गरिएको र किसानलाई मलको अभाव नरहेको प्रष्ट पारिन् ।
’हामीले वर्षौदेखी रहेको मलको समस्या समाधान गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन हिसाबले कार्यहरु अगाडी बढाएका छौ । तत्कालिन रुपमा रहेको समस्या समाधान गरिसकेका छौं ।
खेतिपाती लगाउने यो सिजनसम्मका लागि मलको व्यवस्था भइसकेको छ’, उनले भने, ’मध्यकालिन रुपमा मलको समस्या समाधान गर्न भारत सरकारसँग कुराकानी भएर परराष्ट्र मन्त्रालयमार्फत प्रकृया अगाडी बढेको छ ।
दीर्घकालिन रुपमा समस्या समाधान गर्न मल कारखाना खोल्ने प्रकृया अगाडी बढेको छ । जसका निम्ती अहिलेको बजेटमा बजेट बिनियोजन भएर प्रकृया अगाडी बढेको छ ।’
प्रविधिमा आधारिक कृषि कार्यका निम्ती इजरायली सरकारसँग सम्झौता भएको भन्दै अर्यालले यसै वर्षदेखी काम शुरु गर्ने तयारी भएपनि कोभिड १९ का कारण अहिलेको विषम परिस्थिती सिर्जना भएका कारण अहिले त्यो रोकिएको बताए ।
जाँदाजाँदै नि. कृषि तथा पशुपन्छी विकास मन्त्रीको मन्तव्य
जम्मा कार्यावधि : १६० दिन (२०७७ पुष १२ देखि २०७८ जेष्ठ २१ गतेसम्म)
मुख्य मुख्य उपलव्धिहरू :
१. उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरू फिर्ता गराउन पहल ।
२. भन्सार नाकाहरूमा राष्ट्रिय एकद्धारा प्रणालीबाट क्वारेन्टाइन सेवा संचालन आरम्भ ।
३. कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था ।
४. सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग ।
५. सम्माननीय प्रधानमन्त्रीज्यूबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ ।
६. सम्माननीय प्रधानमन्त्रीज्यूबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा ।
७. स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन ।
८. इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात ।
९. इजरायल सरकारको सहयोगमा सवै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन ।
१०. नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार ।
प्रतिक्रिया