बिहीबार, वैशाख १३, २०८१

बलिउडका दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना

नेपालखोज २०७८ जेठ २३ गते १९:४४

काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मुम्बई स्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएकोहो ।

दिलीप कुमारकी श्रीमती सायरा बानोले भारतीइ संचारमाध्यमहरुलाई दिएको जानकारीअनुसार दिलीप कुमारलाई सास फेर्न गारो भएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको हो ।

मुम्बईको खार स्थित हिन्दुजा अस्पताल ननकोभिड अस्पताल हो, जहाँ डाक्टर नितिन गोखलेको देखरेखमा दिलीप कुमारको स्वास्थ जाँच तथा उपचार भइरहेको छन् ।

दिलिप कुमार आफ्नो जमानाका सुपर स्टार हुन् । उनका दर्जनौं चलचित्र सुपरहिट छन् । उनी बलिउडमा ट्रेजडि किङका रुपमा पनि प्रसिद्ध छन्।

प्रतिक्रिया