माछापुच्छ्रे बैंकद्वारा सिरहाको कल्याणपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
आईतबार बैकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त स्वास्थ्य सामाग्री कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरे ।
बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गत बर्षदेखि महामारीको रुपमा फैलिदै गएको कोरोना भाइसरको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुगोस भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानिय संघसंस्थाहरलाई विभिन्न समयमा विभिन्न सहयोगहरु गर्दै आएको छ ।

प्रतिक्रिया