पार्टी एकताका लागि अध्यक्ष ओलीको ६ बुँदे प्रस्ताव
नेपालखोज
२०७८ जेठ २३ गते २१:४५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका छन् । आइतबार साँझ एक एकताको आह्वान गर्दै ओलीले पार्टी कमिटी र जनसंगठनहरु मुलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार पनि रहेको बताएका छन्।
ओलीले सबै कमिटीलाई पूर्ववत अवस्थामा फर्काएर एकताको पक्षमा उभिएका नेतालाई आधार मानेर केन्द्रीय र स्थायी कमिटीका संरचना गतिशील बनाइने बताएका छन्।
ओलीले यसका लागि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा भएको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त भने अगाडि सारेका छन्। साथै उनले पार्टीभित्र भएका गल्ती र कमीकमजोरीलाई लिएर कुनै कारवाही नगरिने र पूर्वाग्रह नराख्नेसमेत प्रतिवद्धता जनाएका छन् ।


सम्बन्धित
प्रतिक्रिया