शुक्रबार, वैशाख १४, २०८१

सौन्दर्यको खानी उपल्लो डोल्पा, प्रजिअकै नेतृत्वमा पुर्‍याइयो औषधि (फोटो फिचर)

नेपालखोज २०७८ जेठ २४ गते २०:०४

काठमाडौं । नेपाल भू-विविधताले भरिपूर्ण मुलुक हो । हिमाल, पहाड, तराई मिलेर नेपाल बनेको छ । भलै विकास निर्माणमा पछि परे पनि प्राकृतिक सौन्दर्यको खानीका रुपमा नेपाल विश्वमाझ परिचित छ ।

यसै क्रममा डोल्पा जिल्ला क्षेत्रफलका हिसाबले नेपालकै ठूलो मानिन्छ । साथै प्राकृतिक रुपमा पनि यो समृद्ध जिल्लाका रुपमा मान्न सकिन्छ । यसै क्रममा सदरमुकामबाट झन्डै तीन दिनको पैदल यात्रापछि पुगिने उपल्लो डोल्पामा आइतबार मात्र हेलिकोप्टरमार्फत अत्यावश्यकीय औषधि पुर्‍याइएको छ । औषधिसहित डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधवप्रसाद ढकाल पनि त्यस क्षेत्र पुगेका छन् ।

विगत दुई सातादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोनाजस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेपछि प्रजिअ ढकाल आफैं आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि लिएर पुगेका हुन् । डोल्पोबुद्ध, छार्काताङसोङ र शे-फोक्सुण्डो गाउँपालिकाभित्रका बस्तीमा ज्वरो र रूघाखोकीका बिरामीहरु देखा परेपछि त्यहाँ हेलिकोप्टरमार्फत औषधि पुर्‍याइएको हो ।

उपल्लो डोल्पामा कोभिड परीक्षणका लागि १००-१०० थान कोभिड एन्टिजेन किट, २३० केजी अति आवश्यक औषधि, दुई थान अक्सिजन कन्सन्ट्रेटर, ८०० थान हेपाटाइटिस बीको भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री पुर्‍याइएको हो ।

औषधिलगायत स्वास्थ्य सामग्रीसहित उडेको हेलिकोप्टरबाट उपल्लो डोल्पा मनमोहक देखिएको थियो । हिमालहरु हिउँले सेताम्मे देखिएका थिए । हेरौं उपल्लो डोल्पा, धो उपत्यका, साल्दाङको सौन्दर्य, त्यहाँको अहिलेको वस्तुअवस्थितिका थप तस्बिर :

May be an image of mountain
May be an image of one or more people, people standing, people sitting and outdoorsMay be an image of Madhav Dhakal, standing and outdoorsMay be an image of one or more people, helicopter and outdoorsMay be an image of sky, nature and mountainMay be an image of natureMay be an image of sky, nature and mountainMay be an image of outdoorsMay be an image of natureMay be an image of natureMay be an image of mountain and natureMay be an image of natureMay be an image of road, nature and mountainMay be an image of nature and mountainMay be an image of nature and mountainMay be an image of outdoors

सबै तस्बिर सौजन्य : माधव ढकाल

प्रतिक्रिया