खनाल-नेपाल समूहको निष्कर्ष : ओलीको प्रस्ताव छलछाम र षड्यन्त्रपूर्ण (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि गरेको आह्वान भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिएको निष्कर्ष निकालेको छ ।
सोमबार विज्ञप्तिमार्फत ओलीको प्रस्तावको जवाफ दिँदै खनाल–नेपाल पक्षले छलछाम र षड्यन्त्रपूर्वक किसिमले कुरा गरेर राष्ट्र र नागरिक तथा पार्टीपङ्क्तिको भवनाअनुसार पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदाहुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय भएको बताएको छ ।
आइतवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन आफू तयार रहेको तर सर्वोच्चमा बुझाइएको रिटको हस्ताक्षर फिर्ताको प्रस्ताव राखेका थिए ।
‘आफूहरुले राखेका कुनै पनि कुराको सम्बोधन नगरि, कुनै वार्ता नभइ एकताका लागि गरिएको ओलीको आह्वान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।





प्रतिक्रिया